Logo

एमाले नेता रिजालको व्यङ्ग्य– क्रान्तिकारी पार्टीले आत्मसमर्पण गर्दा पनि त्यो क्रान्तिकारी आत्मसमर्पण हुन्छ



काठमाडौं, १५ फागुन । नेकपा (एमाले)का नेता तथा विदेश विभाग उप–प्रमुख विष्णु रिजालले क्रान्तिकारी पार्टीले आत्मसमर्पण गर्दा पनि त्यो क्रान्तिकारी आत्मसमर्पण हुने भन्दै एमसीसीको पक्षमा जाने माओवादी केन्द्र र नेकपा (एस)को निर्णय प्रति व्यङ्ग्य गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘क्रान्तिकारी पार्टीका हरेक निर्णयलाई क्रान्तिकारी मान्नुपर्छ । क्रान्तिकारी पार्टीले आत्मसमर्पण गर्दा पनि त्यो क्रान्तिकारी आत्मसमर्पण हुन्छ । बबण्डर मच्चाएर, कार्यकर्ताका टाउका फुटाएर अन्ततस् एमसीसी स्वीकार गर्ने पुराना र नयॉ ‘जोगी’हरूको निर्णयलाई यसै रूपमा लिंदा हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot