Logo

ललितपुर मेयर्स कपः ललितपुरमाथि प्रदेश एकको जित



काठमाडौं, १५ फागुन । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपमा प्रदेश नं. १ ले ललितपुर मेयर्स ११ माथि जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले ललितपुरलाई २२ रनले पराजित गरेको हो ।

प्रतियोगिता अन्तर्गत प्रदेश १ ले चार खेलमा दुई जित निकालेको छ ।

१ सय २० रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्सले निर्धारित २० ओभरको एक बल बाँकी छदा अलआउट हुदै मात्र ९७ रन मात्र जोड्न सक्यो ।

सुमन खतिवडाले सर्वाधिक ४४ रनको योगदान दिइन् भने अन्जली विश्वकर्माले २१ रन बनाइन् ।

प्रदेश १ का लागि अलिसा खडियाले सर्वाधिक ३ विकेट लिइन् ।

सवनम राईले दुई विकेट तथा ज्योती दनुवार र संगिता राईले समान एक–एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन जोडेको थियो ।

प्रदेश १ का लागि काजल श्रेष्ठले सर्वाधिक ४४ रनको योगदान गरिन् भने कप्तान रुविना क्षेत्रीले ३९ रन बनाइन् ।

ललितपुरका लागि खुसी डंगोलले सर्वाधिक २ विकेट लिइन् ।

प्रतियोगिताको फाइनलमा नेपाल एपीएफ क्लब र सुदुरपश्चिम प्रदेश प्रवेश गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot