Logo

प्रचण्डको स्पष्टीकरण : सभामुखलाई हटाउन लागेकोले व्याख्यात्मक घोषणा गरेर एमसीसी पास गराउन लागियो



काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी पास गराउने पक्षमा पुगेको बताएका छन् ।

संसद् बैठक बस्नुअघि बसेको पार्टीको संसदीय दलको बैठकमा दाहालले सांसदहरुलाई यस्तो ब्रिफिङ गरेका हुन् । सुरुमा माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने भन्दै आएको थियो । तर, गठबन्धन टुट्ने भयले प्रचण्डले एमसीसी पास गराउनेगरि लचकता अपनाएको टिप्पणी गरिएको छ ।

आजको संसदीय दलको बैठकमा सहभागी एक सांसदले दाहालको भनाई उद्धृत गर्दै भने,अहिले यो गठबन्धन भत्काउने षड्यन्त्र भयो, हामीले ठूलो दुःखले मेहनत गरेर यो गठबन्धन बनाएका हौं । अ

ब एमसीसीमा व्याख्यात्मक घोषणा गरेर अघि बढाउने कुरा भएको छ, यसो गर्दा गठबन्धन पनि बच्ने निश्चित् छ ।’ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई हटाउनेगरि कांग्रेससँग सहमति गर्न लागेकोले पनि आफूहरु एमसीसीलाई व्याख्यात्मक घोषणासहित पास गर्ने अवस्थामा पुगेको उल्लेख गरेका थए ।



प्रतिक्रिया दिनुहोस्