Logo

२० प्रतिशत लाभांश पारित गर्दै महालक्ष्मी विकास बैंकको साधारण सभा सम्पन्न



काठमाडौं, १५ फागुन । महालक्ष्मी विकास बैंकले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले हाल कायम चुक्तापूँजीको २० प्रतिशतका दरले बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७७÷७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने भएको छ ।

स्थगित २० औं वार्षिक साधारण सभाबाट संस्थापक समूह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपक कुमार रौनीयार र सर्वसाधारण समुह (ख) बाट श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल सञ्चालक पदमा निर्वाचित भएका छन् ।

साथै कम्पनीको फागुन १३ नै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा पुन राजेश उपाध्यायलाई नै अध्यक्षमा पदमा चयन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot