Logo

भगवती लेमिनेट्स राजस्व छली प्रकरणः बैंक स्टेटमेन्ट र खाता विवरण दिन अझै आलटाल



काठमाडौं, फागुन १६। २५ करोड बढी राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकले अनुसन्धान प्रक्रियालाई नै चुनौती दिन थालेको पाइएको छ । उनीहरूले विभिन्न शक्तिकेन्द्रहरूसँग आफुहरुको सम्बन्ध रहेकाले जतिसुकै राजस्व छली गरे पनि आपूmहरू उम्कन सक्ने बताउन थालेका छन् ।

आर्थिक अपराध बाट उम्कन उनीहरूले विभिन्न खाले सेटिङको प्रयाससमेत थालेको बताइएको छ । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय इटहरीले भगवती लेमिनेट्सका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर छानबिन गर्दै आइरहेको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीले बयानका लागि भगवती लेमिनेट्स प्रालिका सातै जना सञ्चालकलाई बोलाए पनि चार जना सञ्चालक अनुपस्थित भएर सरकारी निकायलाई नै चुनौती दिने काम गरेका छन् ।

हालसम्म इटहरी कार्यालयले हेर्दै आइरहेको सो मुद्दालाई अब राजस्व अनुसन्धान विभागले केन्द्रीय रूपमा नै हेर्ने तयारी गरिरहेको छ । विभागले यस सम्बन्धमा इटहरी कार्यालयसँग आवश्यक जानकारी लिने काम गरिरहेको बताइएको छ ।

छानबिनकै क्रममा राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतले भगवती लेमिनेट्स प्रालिका सात जना सञ्चालकको सबै बैंक खाता र बैंक स्टेटमेन्ट माग गरे पनि उनीहरूले सो विवरण दिन आलटाल गरिरहेका छन् । राजस्व अनुसन्धान कार्यालयले दुई साताअघि नै सबै सञ्चालकसँग विवरण माग गरे पनि हालसम्म उनीहरूले कुनै विवरण बुझाएका छैनन् ।

विवरण बुझाउनुको साटो भगवती लेमिनेट्सका सञ्चालक शक्तिकेन्द्र कहाँ पुगेर उम्कने प्रयास गरिरहेको स्रोतले जानकारी दिएको छ ।

सञ्चालक रजनीश कर्नानी, सन्तोष आचार्य र रतनलाल अग्रवाल बयानका लागि गएका थिए भने बाँकी सञ्चालक निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाल हालसम्म पनि बयानका लागि गएका छैनन् ।

भगवती लेमिनेट्सले एक वर्षको अवधिमा कच्चा बिलमार्फत ८० करोड बढीको कारोबार गरी झन्डै २५ करोड राजस्व छली गरेको आधार भेटिएपछि राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिमाथि विस्तृत अनुसन्धान गर्दै आइरहेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot