Logo

संसद् भवन अगाडी शंकास्पद वस्तु फेला, बम भएको आशंका



काठमाडौं, फागुन १६ । बानेश्वस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडीको सडकमा शंकास्पद वस्तु फेला परेको छ । सडकमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित गरेको छ ।

सडकमा गुड्ने गाडीहरुलाई वान वे मार्फत सञ्चालन गरिएको छ । कुकर बम जस्तो देखिने बस्तु जिस्पोजको तयारी भईरहेको प्रहरीले जनाएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले आज बन्दको आह्वान गरेका छन् ।

आज विहान काभ्रेको बनेपा नगरपालिका १० पुलबजार नजिक अरनिको राजमार्गमा पनि शंकास्पद बस्तु भेटिएको थियो । उक्त शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहान ७ बजेको समयमा मोटरसाइकलमा आएका ब्यक्तीले राजमार्गमाको बिच भागमा शंकास्पद वस्तु राखेर भागेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot