Logo

रुससँग एकैपटक सयौं किलोमिटर ध्वस्त पार्न सक्ने आणविक हतियार



रिपोर्टर्स नेपाल, १६ फागुन । रुस विश्वको पहिलो ठूलो आणविक शक्ति भएको देश हो । मानव इतिहासमा सबैभन्दा शक्तिशाली आणविक हतियार परीक्षण गरेको देश पनि रुस नै हो ।

रुससँग कति संख्यामा आणविक हतियार छ भन्ने गोप्य राखिएको छ । तर, विश्वमा जति आणविक हतियार छ त्यसको आधा रुससँग रहेको अनुमान गरिएको छ ।

विश्वमा १४ हजार आणविक हतियार रहेकोमा रुससँग ७ हजार रहेको नेस्नल वल्डले उल्लेख गरेको छ ।

सन् १९६० को दशकमा जार बम नाम दिइएको एउटा आणविक हतियारको प्रभाव १००० किलोमिटर टाढासम्म परेको थियो । रुससँग अहिले जार बम भन्दा दोब्बर शक्तिशाली बम रहेको बताइन्छ ।

सोभियत संघले निर्माण गरेको जार बम ५०० मेगाटन्सको थियो । रुसले १०० मेगाटनको आणविक हतियार सन् २०१५ मा निर्माण गरेको सूचनाहरु बाहिर आएका थिए । सोभियत संघ हुँदा नै १०१.५ मेगाटनका तीनवटा आणविक हतियार बनाएको थियो । यसकारण पनि जार बमभन्दा दोब्बर शक्तिशाली आणविक हतियार रुससँग रहेको बताइन्छ ।

सन् २०१८ मा पुटिनले राष्ट्रका नाममा सम्बोधन गर्दा रुसले विभिन्न स्तरका आणविक हतियार निर्माण गरेको बताएका थिए । ती हतियारहरु पानी मुनी, क्रुज मिसाइलका माध्यमले टाढा भन्दा टाढा मार हान्ने खालेको रहेको उल्लेख गरेका थिए ।

खतरनाक आणविक हतियार निर्माण पछि रुस झन् आक्रामक बन्यो । क्रिमियामाथि नियन्त्रण बनायो । त्यतिबेला रुसी विदेशमन्त्रीले युक्रेनमाथि आणविक हतियार प्रयोग गर्ने धम्की दिएका थिए ।

रुसले १९६० को दशकमा परीक्षण गरेको आणविक हतियार १००० किलोमिटर सम्म देखिएको थियो । विष्फोटनको धुवाँ ६७ किलोमिटर माथिसम्म उठेको थियो । तल्लो तहमा ७० किलोमिटर र माथिल्लो तहमा ९५ किलोमिटरलाई बिष्फोटनले ओगटेको थियो । बिष्फोटको तरंगले पृथ्वीलाई तीन चक्कर लगाएको थियो । पहिलो चक्कर लाग्न ३६ घन्टा २७ मिनेट लागेको थियो ।

बिष्फोट भएको स्थानबाट ७८० किलोमिटर दूरीसम्म झ्यालका शिशा फुटेका थिए । २८० किलोमिटर टाढा पहाड सम्म पहिलो गएको थियो । ५५ किलोमिटर वरपरका सबै घरहरु ध्वस्त भएका थिए । ७०० किलोमिटर टाढासम्म कम्पन महशुश गरिएको थियो ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्