Logo

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ



पर्सा, १६ फागुन। वीरगञ्ज महानगरपालिका-२१ ताजपुर टोल बस्ने २६ वर्षीय गोबिन्द महतोको ना.२९ प २८८३ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय दिनानाथ प्रसाद महतोलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

आफनै घर अगाडि पार्किङ गरीरहेको अवस्थामा शुक्रबार राति उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सोही ठाउँस्थित परवानीपुर ढाटबाट मोटरसाइकल फेला पारी चोरीमा संलग्न महतोलाई पक्राउ गरेको हो । उनीउपर चोरी कसूरमा थप अनुसन्धान भइरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्