Logo

अरुण सुवेदीको टिप्पणी : एमसीसी पारित भएसँगै नेपाली राजनीतिमा प्रधानमन्त्री देउवाको विश्वसनियता बढ्यो (भिडिओसहित)



काठमाडौं, १६ फागुन । राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले एमसीसी पास भएपछि सबैभन्दा बढि फाईदा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै भएको दाबी गरेका छन् । उनले भने,”फाईदाको कुरा नगरौं, शेरबहादुरजीले आफूलाई परिपक्व नेता भएको प्रमाणित गर्नुभयो । उहाँले सारा दबाब, उहाँ भयंकर ठूलो दबाबमा हुनुहुन्थ्यो नि, ती दबाबका बावजुदपनि तीनलाई थेगेर आज एमसीसी कम्प्याक्ट पास गराउनुभयो । सत्ता साझेदारहरुको फेस सेभ गरिदिएर भएपनि कम्प्याक्ट पास गर्ने परिस्थिति जुन सुझबुझ किसिमले शेरबहादुरजीले निर्माण गर्नुभयो, यो चाहीँ प्रशंसायोग्य छ । परिपक्व मान्छे भनेको परिपक्व नै हुन्छ भन्ने कुरा शेरबहादुरजीले प्रमाणित गर्नुभयो ।”

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमसीसी पारित भएसँगै नेपाली राजनीतिमा वर्तमान प्रधानमन्त्री देउवाको विश्वसनियता झनै बढेको दाबी गरे । उनले भने,”अन्तर्राष्टिय क्षेत्र र नेपाली जनताले पनि अब उहाँलाई विश्वास गर्नुपर्छ । क्रेज भन्ने कुरा चाहीँ हेर्नुहोस यो सेलिब्रेटीहरुमा लागु हुने कुरा हो ।राजनेताहरु भयंकर अनपपुलर कुरा पनि गर्छन्, त्यसले क्रेज भन्ने कुरा अलग हो । राजनेता कसरी अनपपुलर हुन्छ ? जो मान्छेले प्रजातन्त्र आएपछि आजसम्म अनवरत रुपमा चुनाव जितेको छ । अनि जो मान्छे पटक पटक प्रधानमन्त्री भएको छ, त्यो पनि संवैधानिक रुपले, त्यो मान्छेलाई तपाईँले कसरी अनपपुलर भन्ने ?”



प्रतिक्रिया दिनुहोस्

Screenshot