Logo

संसद् भवन अगाडि भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय पारियाे



काठमाडौँ, १६ फागुन। नयाँ बानेश्वर संसद् भवन अगाडि भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय पारिएकाे छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको हाे।

संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियाे। शङ्कास्पद वस्तु भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइएको थियाे।

प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ शङ्कास्पद वस्तु राखेर हिँडेका जानकारीमा आएको बुझिएको छ । उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्