Logo

नीति/नियम कार्यान्वयन गर्ने प्रमुख निकाय नै कर्मचारी संयन्त्र हो: प्रदेश प्रमुख जोशी



मार्तडी, १६ फागुन: सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिएका छन् ।

गृह जिल्ला भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले विगतमा कर्मचारीले राजनीतिक दबाबका आधारमा जनताको सेवा प्रवाह गर्ने प्रवृत्ति भएको बताउए । तीन दिनदेखि गृह जिल्लामा रहेका प्रदेश प्रमुख जोशीले राजनीतिक दबाबभन्दा पनि नागरिकलाई दिने कार्यालयका सेवा सहजरुपमा प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले कर्मचारीको सरकारका नीति तथा कार्यक्रम कार्यान्वयमा महत्वपूर्ण भूमिका रहेको बताए । प्रदेश र सङ्घ सरकारले बनाएका नीति तथा ऐन सहजरुपमा नागरिकसम्म पु¥याउन कर्मचारीले इमान्दारिता देखाउनुपर्नेमा प्रदेश प्रमुख जोशी जोड थियो ।

कर्मचारी संयन्त्र स्थायी भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारले बनेका नीति नियम, नियमावली र ऐन, कानूनबमोजिम सञ्चालित हुने भएकाले कार्यान्वयमा गर्नुपर्ने प्रमुख जोशीले आग्रह गरे ।-रासस



प्रतिक्रिया दिनुहोस्