Logo

बलात्कारको आरोपमा एमाले सांसद बानियाँ पक्राउ



काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का नेता तथा सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

उनी काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।

बानियाँविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी गरिएको थियो ।

उनी फरार थिए । बानियाँले आफूलाई बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले गत माघ २८ गते उजुरी दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्