Logo

आज सेना दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै



काठमाडौं, फागुन १७ । नेपाली सेनाले आज आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ ।महाशिवरात्रीको अवसर पारेर देशैभर विभिन्न कार्यक्रम आयोजना गरि दुई दशकदेखि सेनाले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

शिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बढाइँ कवाजसहितको विशेष समारोहको पनि आयोजना गरिदै छ ।

सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस मनाउँदै छन् ।

सैनिक मञ्च टुँडिखेलमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । टुँडिखेलमा मुख्य समारोहमा राष्ट्रप्रमुखहरु सहभागी हुने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot