Logo

धरानको एक होटलमा महिलाको शव फेला



काठमाडौं, १७ फागुन । सुनसरीको धरानमा एक महिलाको शव भेटिएको छ । धरान–१८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेस्ट हाउसको कोठामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

२ दिनदेखि ति महिला एक पुरुषसँगै होटलमा बस्दै आएको होटलले जनाएको छ । बिहान होटल सफा गर्ने क्रममा ढोका खुल्ला रहेको देखेपछि हेर्दा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तर उनीसँगै बसेका पुरुष फरार रहेकोले महिला र पुरुषको सम्बन्ध के हो त्यसको बारेमा केही खुलेको छैन् । महिलाको साथबाट पाँचथरको सुमित्रा तामाङको नागरिकता फेला परेको प्रहरीले जनाएको छ । अहिलेसम्म महिलाको आफन्तको खोजी भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्