Logo

न्यूजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रिकाको जित



काठमाडौं, १७ फागुन । दक्षिण अफ्रिकाले न्यूजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा शानदार जित निकालेको छ ।

न्यूजिल्यान्डको घरेलु मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्यान्डलाई १ सय ९८ रनले पराजित गरेको थियो ।

यस जितसँगै दुई खेलको सिरिज १–१ को बारबरीमा टुंगिएको छ ।

यस अघि पहिलो खेल न्यूजिल्यान्डले जितेको थियो ।

दोस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको ४ सय २६ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्ड खेलको पाँचौ दिन २ सय २७ रनमा अलआउट भयो ।

न्यूजिल्यान्डका लागि दोस्रो इनिङमा डेभोन कनवेले सर्वाधिक ९२ रन जोडे ।

दक्षिण अफ्रिकाका कगिसो रबाडा, मार्को जानसेन तथा केशव महाराजले समान तीन–तीन विकेट हात पारे ।



प्रतिक्रिया दिनुहोस्