Logo

प्रधानमन्त्री देउवा र ओलीबीच सहमति हुने भएपछि प्रचण्ड र माधव नेपाल युर्टन भएका हुन् : रामचन्द्र पौडेल (भिडिओसहित)



काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले नै प्रचण्ड र माधव नेपाललाई भेटेर कि एमसीसी पास गरौ कि त कांग्रेस एमालेको माग पूरा गर्न तयार हुन्छ भनेपछि उनीहरु एमसीसीलाई व्याख्यात्मक घोषणासँगै पारित गर्न तयार भएको स्पष्ट पारेका छन् ।

उनले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति हुने भएपछि एमसीसीमा प्रचण्ड र माधव नेपाल युटर्न भएको दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले आफू त सुरुदेखि नै गठबन्धनको पक्षमा रहेको सुनाए । उनले कांग्रेस र कम्युनिष्टबीच गठबन्धन गरेर कांग्रेसले बहुमत ल्याउने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot