Logo

सिनियर ब्याडमिन्टन प्रतियोगिताको उपाधि सिंह र बोहरालाई



महेन्द्रनगर, १७ फागुन: महाशिवरात्रि तथा सेना दिवसका अवसरमा कञ्चनपुरमा सेनाद्वारा आयोजित पुरुष सिनियर डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि शेरबहादुर सिंह र गोकुल बोहराको जोडीले जितेको छ ।

आज कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न फाइनल खेलमा ज्ञानु डगौंरा र चन्द्रदेव अवस्थीको जोडीलाई २१–१२, १३–२१ र २१–१२ को सेटले हराउँदै सो उपाधि जितेको हो ।

यहाँस्थित श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना एवं कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको सहकार्यमा भएको प्रतियोगितामा जिल्लाभरका २८ टोलीले सहभागिता जनाएका थिए । नागरिक–सैनिक सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका उपाधि विजेता, उपविजेता खेलाडीहरुलाई प्रमाणपत्र, ट्रफी र मेडलसहित पुरस्कृत गरिएको छ ।

उपाधि विजेता खेलाडीलाई श्री नंं २५ वाहिनी अड्डाका निमित्त वाहिनीपति महासेनानी शशिकिरण रायमाझी, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख श्यामसिंह चौधरी र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेत लगायतले पुरस्कृत गरे । प्रतियोगितामा डगांैरा र अवस्थीको जोडी द्वितीय भएको छ । भने भरत चन्द र धीरज चन्द एवं प्रेम सिंह भाट र प्रकाश पन्तले तृतीय स्थान हासिल गरेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्