आफ्ना नागरिकलाई युक्रेनको राजधानीबाट तुरन्त निस्कन भारतको आग्रह


एजेन्सी, १७ फागुन। भारतले आफ्ना नगारिकलाई युक्रेनको राजधानी किभबाट तुरन्त निस्कन सल्लाह दिएको छ। युक्रेनस्थित भारतीय दुतावसले आज (मंगलबार) ट्विटरमार्फत यस्तो सल्लाह दिएको हो।

युक्रेनस्थित भारतीय दुतावसले ट्विटमार्फत लेखेको छ, ‘विद्यार्थी लगाएत सबै भारतीय नागरिकलाई आज नै तुरन्त किभ छाड्न सल्लाह छ। रेल उपलब्ध भए रेलमा नभए जुन साधनबाट भए पनि निस्कनुहोला।’

भारत सरकारले आफ्ना कैयौं नागरिकलाई युक्रेनबाट निकालिसकेको छ। तर, अहिले पनि धेरै भारतीय युक्रेनमा रहेको मानिन्छ। ताजा स्याटलाइट तस्बिरहरुमा हजारौं रुसी सेना राजधानी किभतर्फ गइरहेको देख्न सकिन्छ। दुवै देशबीच भएको वार्ता निस्कर्ष बिहिन भएको जनाइएको छ।-Photo: Agency