सभामुखले राजीनामा नदिए संसदले निष्काशन गर्नुपर्ने हुनसक्छः ओली


काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग नटरेको बताएका छन् ।

उनले आज राजधानीमा एमसीसीबारे पत्रकार सम्मेलन आयोजना गर्दै सापकोटाविरुद्ध महाभियोग ल्याउन सक्ने बताए ।

‘हामीले सभामुखको राजीनामा मागिराखेका छौं,’ ओलीले पत्रकारको प्रश्नमा भने,‘राजीनामा नदिए महाभियोग ल्याउँछौ, संसदले निष्काशन गर्नुपर्ने हुनसक्छ ।’

सभामुख सापकोटासँग अनुचित क्रियाकलाप सच्याउने कि महाभियोगको सामना गर्ने बाहेकको विकल्प नभएको बताए । १४ सांसद निष्काशनको सूचना टाँस गरी सभामुख सापकोटाले विगतमा गल्ती गरेको भन्दै सच्याउनुपर्ने बताए ।

ओलीले एमसीसीको व्याख्यात्मक घोषणा नेपाली जनतालार्य झुक्याउने र ठग्ने उपाय भन्दै प्रचण्ड र माधव नेपालको आलोचना गरे । सत्ता गठबन्धनलाई अवैध सम्बन्धबाट जन्मिएको भने ।