Logo

डिज्नी, वार्नर ब्रोज र सोनीले रुसमा चलचित्र प्रदर्शन नगर्ने



एजेन्सी, १७ फागुन। डिज्नी, वार्नर र सोनी जस्ता प्रख्यात निर्माता कम्पनीहरुले आफ्ना चलचित्र रुसमा प्रदर्शन नगर्ने बताएका छन्। युक्रेनमाथि गरेको सैन्य आक्रमणका कारण उक्त कम्पनीहरुले रुसमा चलचित्र प्रदर्शन नगर्ने बताएका हुन्।

डिज्नीले भनेको विषयलाई उदृत गर्दै बीबीसीले लेखेको छ,‘रुसले नियम विपरित युक्रेनमाथि हमला गरेको कारण त्यहाँ मानविय संकट आएको छ । उक्त विषयलाई ध्यान दिइ हामीले आफ्नो फिल्म रुसमा रिलिज गर्ने योजनालाई तत्कालका लागि स्थगन गरेका छौँ ।’

उक्त घोषणासँगै चर्चित चलचित्र ‘व्याटम्यान, टर्निङ रेड, मार्बुइस’ लगायतका चलचित्र रुसमा प्रदर्शन नहुने बीबीसीले उल्लेख गरेको छ । नेटफ्लिक्सले पनि रुसको नयाँ नियम अनुसार त्यहाँका कुनै अरु च्यालनसँग सहकार्य गरी रुसमा काम गर्न नसक्ने जनाईसकेको छ ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले रुसका सञ्चारमाध्यमबाट गलत सूचना प्रवाह हुने जोखिम रहेकाे भन्दै उक्त सञ्चारमाध्यमहरुलाई प्रतिबन्ध लगाएका छन् । रुसी मिडियाहरुलाई अमेरिका, युरोप र अन्य देशहरुले समेत प्रतिबन्ध लगाएका छन् ।-Photo Source: BBC



प्रतिक्रिया दिनुहोस्