Logo

रूस-युक्रेन युद्धमा भारतीय विद्यार्थीको मृत्यु



एजेन्सी, १७ फागुन। रूसले निरन्तर आक्रमण गरिरहेको युक्रेनमा एक जना भारतीय विद्यार्थी मारिएको पुष्टि भएको छ । आज (मंगलबार) भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सामाजिक सञ्जाल ट्विटरमार्फत युक्रेनको खार्किभमा एक जना भारतीय विद्यार्थी मारिएको पुष्टि गरेका हुन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सामाजिक सञ्जाल ट्विटरमा लेखेको विषयलाई उदृत गर्दै बीबीसी इन्डियाले लेखेको छ,खार्किभमा आज विहान एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गर्दछु । उनको निधन प्रति हामी दुःख व्यक्त गर्दछौँ । मन्त्रालय उनको परिवारसँग निरन्तर सम्पर्कमा छ ।’

ती विद्यार्थी गोली लागेको जनाइएको छ। उनीमाथि कसले गोली हानेको भन्ने खुलेको छैन। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले रुसी विदेश सचिव र युक्रेनका कुटनितिज्ञहरुसँग आफ्ना नागरिकलाई उद्दार गर्न निरन्तर सम्पर्क गररहेका छन् ।



प्रतिक्रिया दिनुहोस्