Logo

कोरोना संक्रमणबाट आज थप दुई जनाको मृत्यु



काठमाडौँ, १७ फागुन। कोरोना संक्रमणबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज नेपालमा कोरोनाका १ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७७ हजार ७६ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३ सय ५४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ५७ हजार १ सय ६७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ५०४ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्