Logo

पुटिन र जेलेन्स्कीबीच तत्कालै वार्ताको सम्भवना छैन: क्रेमलिन प्रवक्ता पेस्कोभ



एजेन्सी, १७ फागुन । रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच तत्कालै वार्ता हुने सम्भावना नरहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । आज (मंगलबार) रुसी सञ्चारमाध्यम तासका पत्रकारले सोधेको जवाफमा उनले यस्तो बताएका हुन् ।

उनले भनेको विषयलाई उदृत गर्दै रुसी सञ्चारमाध्यम तासले लेखेको छ,‘दुवै देशका राष्ट्रपतिबीच तत्कालै वार्ताको कुनै सम्भावना छैन् ।’दुवै देशबीचका प्रतिनिधिमण्डलबीच भने निरन्तर सम्पर्क र वार्ता भइरहेको समेत जनाएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्