Logo

‘बी’ डिभिजन लिग आजबाट सुरु हुँदै



काठमाडौं, १८ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आज (बुधबार)बाट सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिगको पहिलो दिन तिन खेलहरु हुने जनाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुनेछ भने तेस्रो खेलमा विरगंज युनाईटेड र बोइज युनियनबीच खेल हुनेछ ।

लिगमा १४ क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताका दुई शीर्ष टोली ‘ए’ लिगमा बढुवा हुने छन् भने पुछारका दुई टोली घटुवा हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot