Logo

सुनको मूल्य एक लाख रुपैयाँ नजिक



काठमाडौँ, १८ फागुन । सुनको भाउ बुधबार प्रति तोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी बुधबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले बढेको छ ।

मंगलबार एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ३७५ रुपैयाँ निर्धारण भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot