Logo

तेलको मूल्य प्रति ब्यारल १११ डलर



काठमाडौं, १८ फागुन । युक्रेन संकटले निरन्तर उकालो लागेको पेट्रोलियम पद्धार्थको मूल्यले अर्को कीर्तिमान कायम गरेको छ । आज कच्चा तेलको मूल्य प्रतिब्यारल १११ डलर सम्म पुगेको छ ।

अयल प्राइसका अनुसार ब्रेन्ट क्रुडको मूल्य १११ डलर नाघेको छ । डब्लुटिआई क्रुडको १०९, ओपेक बास्केकटको १००, बोनी लाइटको १०७ डलर पुगेको छ ।

विश्व बजारमा तेलको मूल्य बढ्दा अत्यावश्यक सामानको मूल्य पनि वृद्धि हुन थालेको छ । गहुँ, मकैं, खाने तेलको मूल्य विश्वभर बढ्न थालेको छ ।

युक्रेनमाथिको रुसी हमला लम्बिएमा विश्व बजारमा ठूलै तरंग आउने देखिन्छ । विशेषगरी यूरोपको अर्थतन्त्रलाई ठूलो असर पर्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्