Logo

रुस-युक्रेन युद्धमा कति सैनिक मारिए ?



एजेन्सी, १९ फागुन । रुस र युक्रेनबीच युद्धको आज आठौं दिन । युद्धले ठूलो जनधनको क्षति भएको खुलेको छ ।

रुसी हालैमात्र सार्वजनिक गरेको रिपोर्टमा ५०० सैनिक मारिएको उल्लेख छ । १६ सय घाइते भएको जनाइएको छ ।

युक्रेनले भने ७ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । तर, उसले आफ्ना तर्फबाट भएको क्षति खुलाएको छैन । उसले २ हजार सर्वसाधारण मारिएको उल्लेख गरेको छ ।

रुसले युक्रेनका २८ सय भन्दा बढी सैनिक मारिएको दाबी गरेको छ ।

रुसी हमलाबाट युक्रेनका अधिकांश सैनिक अखडा, विमानस्थल, सरकारी भवनहरु क्षतिग्रस्त भएका छन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्