Logo

रोमान्चक जित निकाल्दै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनल प्रवेश



काठमाडौं, १९ फागुन । लुटोन टाउनलाई हराउँदै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा लुटोन टाउनलाई ३–२ गोल अन्तरले हराउँदै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलको दोस्रो मिनेटमा रिस बुर्केले गोल गर्दै लुटोनलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, २७औं मिनेटमा सउल निगुएजले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ४०औं मिनेटमा ह्यारी कोर्निकले गोल गर्दै लुटोनलाई पुनः २–१ को अग्रता दिलाए ।

खेलको ६८औं मिनेटमा टिमो वेर्नेरले गोल गरेपछि चेल्सीले खेल २–२ को अवस्थामा ल्याए ।

साथै, खेलको ७८औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई ३–२ को जित दिलाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot