Logo

तेलको मूल्य निरन्तर आकाशियो



काठमाडौं, १९ फागुन । विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो चढिरहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि किर्तमान तोड्दै प्रति ब्यारल एक सय डलर कटेकोमा निरन्तर उकालो लागेको हो ।

आज सबैभन्दा बढी ब्रेन्ड क्रुडको ११७ डलर पुगेको छ । बोली लाइटको १११, ओपेक बास्केटको १०४, डब्लुटिआइ क्रुडको ११४ डलर पुगेको छ ।

विश्व बजारमा रुसले कुल उत्पादनको १० प्रतिशत हिस्सा राख्दछ । युक्रेन पनि तेल उत्पादक देश हो । निरन्तरको मूल्यवृद्धिले विश्व अर्थतन्त्रमा गम्भीर संकट ल्याउन सक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot