Logo

नेपाल स्काउटमा चरम भ्रष्टाचार भएको भन्दै तदर्थ समिति खारेज गरि सबै निकायको निर्वाचन गर्न माग (भिडिओसहित)



स्काउटका तदर्थ समितिका संयोजक भण्डारीमाथि आरोपै आरोप
काठमाडौं, १९ फागुन । नेपाल स्काउटलाई बचाउन लोकबहादर भण्डारी संयोजक रहेको तदर्थ समिति खारेज गरि तत्काल नेपाल स्काउटका सबै निकायको निर्वाचन गर्न स्काउट बचाउ अभियानले माग गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गर्दै अभियानले भण्डारी संयोजक रहेको अवैधानिक र असक्षम तदर्थ समिति खारेज गर्न सम्बन्धित निकायसँग माग गरेको हो ।

अभियानले स्काउट कार्यक्रमको बाहनामा नेपाल सरकारको आर्थिक नियमावलीविपरित खर्चहरु गरेको र जसको कारण नेपाल स्काउटमा चरम भ्रष्टाचार भएको पनि दाबी गरेको छ ।

लोकबहादुर भण्डारीको असक्षम नेतृत्वले गर्दा नेपाल स्काउटको लैनचौरस्थित् भाडाका सटरहरु हाल बन्द भएसँगै जसबाट २५ लाख मासिक आम्दानी गुमाइरहेको समेत अभियानले जनाएको छ ।

अभियानले नेपाल स्काउटलाई आवश्यक पर्ने कर्मचारीहरु दरबन्दी परिषद्बाट स्वीकृती नगराई म्याद सकिएको तदर्थ समितिले कर्मचारी भर्ना नियमावली संशोधन गरी ४५ जना राजनीतिक दलका कार्यकर्ता भनाई गराई स्थायी नियुक्ति दिएको भन्दै सोको सत्यतथ्य छानबिन गरि कर्मचारीहरु बरखास्त गर्न पनि माग गरेको छ । स्काउटलाई राजनीतिक दलको भर्तीकेद्र बनाउने व्यक्तिहरुलाई समेत कारबाहीको गर्न अभियानले माग गरेको छ ।

अभियानले तदर्थ समितिले आर्थिक लाभका कारण नेपाल स्काउटको सार्वजनिक जग्गामा बिना टेण्डर व्यापारीक प्रयोजनको लागि भाडामा दिई संरचना बनाउन दिएकोमा पनि आपक्ति जनाएको छ ।

त्यस्तै, नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रभाव पार्न पोखरामा सञ्चालित रोभरमुटको स्कार्फमा प्रधानमन्त्रीको फाटो छाप्ने र सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा कान्तिपुर पत्रिकाको मुल पृष्ठमा स्काउटको खर्चमा प्रधानमन्त्रीको र नेपाल स्काउटको संरक्षकको बदनाम गर्न र आफ्नो निजि लाभको लागि फोटो छापी स्काउटलाई आर्थिक भार पारेको अभियानले आरोप लगाएको छ । अभियानले नेपाल स्काउटको स्कार्प र लेटरप्याड परिवर्तन गरेकोमा पनि आपत्ति जनाएको छ ।

कार्यक्रममा बोल्दै स्काउटको सल्लाहकार तथा गल्र्स सह–प्रमुख पुष्पलता भट्टराईले तदर्थ समितिले स्काउटको मुल्य, मान्यता र तालिमको मर्मविपरित राजनीतिमा सक्रिय कार्यकर्ताहरुलाई मात्र एकसाथ ५–६ सय जनालाई तालिम दिएको बताइन् । उनले भनिन्,‘स्काउटको मुल्य, मान्यता र तालिमको मर्मविपरित राजनीतिमा सक्रिय राजनीतिक दलका कार्यकर्ताहरुलाई मात्र एकसाथ ५–६ सय जनालाई तालिम दिइएको छ, यस्तो तालिम प्रभावकारी भएको छैन् र त्यसमा आर्थिक हिनामिना गरी कार्यकर्ता पोस्ने कार्य भएको छ ।’

कार्यक्रममा स्काउटका आयुक्त भरत शाहले प्रेस विज्ञप्ती वाचन गरेका थिए । स्काउट बचाउ अभियानले जारी गरेको विज्ञप्ती यस्तो छ ः

 



प्रतिक्रिया दिनुहोस्