Logo

एमसीसीबारे महासचिव पोखरेलको टिप्पणी– व्याख्यात्मक घोषणा भनेर जनतामाथि भ्रम छरियो



धनगढी, १९ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम भएको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी कैलालीले बिहीवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयले जनतामाथि भ्रम मात्रै छरिएको बताए ।

‘‘व्याख्यात्मक घोषणा सरकारको लाज जोगाउने प्रयास मात्रै हो’, उनले भने ।

यस्तै, उनले सभामुख अग्नि प्रसाद सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप समेत लगाए । तस्वीरः प्रकाश मिश्र÷रासस



प्रतिक्रिया दिनुहोस्