Logo

त्रिविसहित देशैभरका आंगिक क्याम्पसमा प्राध्यापकको ताला



काठमाडौं, १९ फागुन । त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसमा पढाउँदै आएका आंशिक प्राध्यापकहरुले तालाबन्दी गरेका छन् ।

समान कामका लागि समान ज्याला भन्ने माग राख्दै २ साताअघि देखि आन्दोलनरत आंशिक प्राध्यापकहरुले त्रिवि उपकुलपति, रजिष्टार, रेक्टर र डिन कार्यालय तथा आंगिक क्याम्पसमा क्याम्पस प्रमुख, लेखा, प्रशासन कार्यालय लगायतमा ताला लगाएका हुन् ।

प्राध्यापकहरुले केन्द्रीय संघर्ष समिति बनाएर समस्या समाधानका लागि दबाब सिर्जना गर्न तालाबन्दी गरेको प्राध्यापकहरुको दाबी छ । उनीहरुले विश्वविद्यालय बन्द गरिराख्ने उद्देश्य नभएको पनि बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot