Logo

रजत शर्माले योगीलाई फूलमालाको पसल चलाउने दिदी देखाएपछि… (भिडियोसहित)



एजेन्सी, १९ फागुन । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग चर्चित पत्रकार रजत शर्माले अन्तवार्ताका क्रममा रोचक तस्बिर देखाए । तस्बिरमा योगीकी दिदी शशि सिंह भैंसीलाई घाँस दिदै थिइन् । अर्को तस्बिरमा चीया तथा फूलमालाको पसलमा बसिरहेकी थिइन् ।

शर्माले योगीकी दिदी कैयौं किलोमिटर पैदल हिंडेर जाने गरेको सुनाए । उनले राहुल गान्धीले बहिनी प्रियंका गान्धीलाई चुनावमा उठाएको उदाहरण दिदै योगीले आफ्नो बहिनीका लागि के गर्छन् ? भनी सोध्दा भावुक भए । रजत शर्माले योगीको बहिनीको हालत देखेर सोध्ने गरेको सुनाए,‘उत्तर प्रदेशको हालत के होला ?’

योगीले उत्तर दिए,‘म कृतसंकल्पित योगी हुँ । मैंले पूरा प्रदेशको ध्यान राख्नुपर्छ । मलाई लाग्छ एक मुख्यमन्त्रीको रुपमा मैंले आफ्नो राजधर्मको सपथ लिएको छु परिवारको होइन ।’

योगीले बोल्दा बोल्दै झण्डै आँसु खसालेका थिए । उनी रोकिए ।

सन्यासी बनेका योगी आदित्यनाथका तीन बहिनी र तीन दाजुभाई छन् । उनीहरु सबै सामान्य जीवन बिताइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्