Logo

माओवादी केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौं, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ । अहिले बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा सुरु हुने बैठकमा साङ्गठनिक एवं समसामयिक राजनीतिका विषयमा छलफल हुने जनाइएको छ ।

आजको बैठकले पुसमा सम्पन्न महाधिवेशनले तय गरेको भावी कार्यदिशाबारेसमेत कार्यनीति तय गर्ने जनाइएको छ ।अमेरिकी आर्थिक सहायता (एमसीसी) अनुमोदनपछि पार्टीभित्र देखिएको विवादको समाधानको पहल, पदाधिकारी चयन तथा सङ्गठनात्मक कार्य विभाजनको काममापनि आजको बैठक केन्द्रीय रहनेछ ।

यता, पार्टी अध्यक्ष पुष्पकमल दाहालसंग असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठले आजको बैठकमा एमसीसी अनुमोदनको पक्षमा उभिएको नेतृत्वको चर्को आलोचना गर्दैछन् । बैठकमा प्रदेशका अध्यक्षहरू र आयोगका सदस्यलाई पनि बोलाइएको छ। यसअघि केन्द्रीय समितिको बैठक तीन पटक स्थगित गरिएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot