Logo

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्य चेम्बरको कार्यसमितिमा मनोनीत



काठमाडौं, २० फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यलाई नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा मनोनीत गरिएको छ । निजी क्षेत्रको प्रतिनिधमिूलक संस्थाको रूपमा रहेको चेम्बरको ८ औं बैठकले शाक्यलाई चेम्वरको वस्तुगत संघको तर्फबाट सदस्यमा मनोनीत गरेको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको विधानअनुरूप शाक्यलाई सदस्यमा मनोनीत गरेको बताएका छन् । चेम्बरले कार्यसमितिमा मनोनीति गरेकोमा अध्यक्ष शाक्यले खुसी व्यक्त गरे । उनले आफ्नो तर्फबाट चेम्वरको उद्देश्य पूर्तिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत गरेका छन् ।

चेम्बर मुलुकको सबैभन्दा पुरानो निजी क्षेत्रको प्रतिनिधमिूलक संस्था हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot