Logo

सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद : डा. भट्टराई



काठमाडौं, २० फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नबालिक किशोरीको यौनशोषधसम्बन्धी अति संवेदनशील् मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति र समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा भएको टिप्पणी गरेका छन्।

बाबुरामले पल शाह प्रकरणमा यस्तो टिप्पणी गरेका हुन् । उनले लोकतन्त्रमा अन्ततः न्यायिक फैसला सबैले मान्नैपर्ने भन्दै तर शुरुमै न्याय प्रभावित नहोस भन्ने पनि आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । बिनु सुवेदीले लेखेको ‘उनले लड्ने आँट गरेकी छिन्, बाँच्ने साहस हामीले दिउँ’ शीर्षकको लेख सेयर गर्दै आफ्नो धारणा राखेका हुन् ।

भट्टराईले लेखेका छन्–‘नाबालिक किशोरीको यौनशोषण सम्बन्धी अति सम्वेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूतिरसमर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो।लोकतन्त्रमा अन्ततः न्यायिक फैसला सबैले मान्नैपर्छ तर शुरूमै न्याय प्रभावित नहोस।”



प्रतिक्रिया दिनुहोस्

Screenshot