काठमाडौं, २० फागनु । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका निवर्तमान कोषाध्यक्ष बिध्वान गुरुङको श्रीमती प्रिती श्रेष्ठ गुरुङले आफ्नो जन्मदिनको अवसरमा महिला तथा बालबिकास मन्च नेपाल द्वारा संचालित माया घरका २४ जना बालबालिकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेकी छिन् ।
गुरुङले आफ्नो २८औ जन्मदिनको अवसरमा किर्तिपुर नगरपालिका वार्ड न.४ अवस्थित माया घरका बालबालिका संरक्षण गरिरहेकी दुर्गा पौडेल आचार्यको उपस्थितिमा चामल, नुन, तेल, दाल, चाउचाउ ,जुस, बिस्कुट, मस्यौरा, चकलेट गरी करिब ३ महिना लाई पुग्ने गरि खाद्यान्य हस्तान्तरण गरेकी हुन् ।

गुरुङले बालबालिकाहरुको उज्ज्वल भविष्यको लागि आगामी दिनमा पनि साथ र सहयोग गर्ने प्रतिवद्धता समेत गरिन् ।





प्रतिक्रिया