Logo

युक्रेनमा आक्रमणः जापोरिजिया आणविक प्लान्टमा आगो निभ्यो, कीभमा गोली लागेर भारतीय विद्यार्थी घाइते



एजेन्सी, २० फागुन । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले जापोरिजिया प्लान्टमा आक्रमण गरेको भिडियो ट्वीट गरेका छन् । युद्धको नवौं दिन रुसी सेनाको गोलीबाट जापोजिरिया आणविक प्लान्टमा आगलागी भएको छ ।

जसलाई दमकलले केही घण्टामै निभाएको थियो । आक्रमणपछि विकिरणको स्तर पनि सामान्य रहेको पाइएको छ । यसअघि प्लान्ट डाइरेक्टर अलेक्जेंडर स्टारुखले पनि जापोरिजियाको सुरक्षाबारे जानकारी दिएका थिए। रुसी सेनाले प्लान्टको प्रशासन र नियन्त्रण भवन कब्जा गरेको छ। आक्रमणमा कोही पनि घाइते भएको खबर आएको छैन ।

अमेरिकी राष्ट्रपति बिडेनले रुससँग कुरा गरेपछि जापोरिजियामा आपतकालीन प्रतिक्रियाकर्ताहरूलाई प्रवेश गर्न अनुमति दिइएको थियो। वरिष्ठ अमेरिकी अधिकारीहरूका अनुसार प्लान्टबाट विकिरणको स्तर बढ्ने कुनै संकेत छैन। उनीहरुले कडा अनुगमन गरिरहेका छन् ।

यसैबीच पोल्याण्डमा भारतीयलाई लिन गएका सेवानिवृत्त जनरल भीके सिंहले किभमा अर्का भारतीय विद्यार्थीलाई गोली लागेको जानकारी दिएका छन्, जसको उपचार भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot