Logo

एमसीसी पास भएसँगै अब गठबन्धन निर्वाचनसम्म कायम रहने सुनिश्चितता भयो : प्रचण्ड



काठमाडौं, २० फागुन । नेकपा (मओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पास भएसँगै अब गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने कुरा पार्टीमा ब्रिफिङ गरेका छन् ।

आजबट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसीसी पारित गर्नुको कारणबारे पनि प्रकाश पारेका थिए । राष्ट्रिय सभा गृहमा सुरु भएको बैठकमा प्रचण्डले एमसीसी व्याख्यात्मक घोषणासहित पारित भएको भन्दै यसमा आफूहरुको जित भएको दाबी गरेका थिए ।

उनले अब एमसीसीलाई धेरै विवादित नबनाउनपनि नेताहरुलाई आग्रह गरेका थिए । तीन दिनसम्म चल्ने उक्त बैठकमा प्रचण्डले अहिले समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्