Logo

देश आज बर्बाद भएको छ : चित्रबहादुर केसी



काठमाडौं, २० फागुन। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी संशोधन गरेरमात्रै पास गराउनुपर्छ भन्ने नेताहरु अन्तिममा आँफैले व्याख्या गरेर पास गरेको टिप्पणी गरेका छन् ।

आज काठमाडौंमा आयोजित ६ कम्युनिष्ट पार्टीको विरोध सभामा बोल्दै उनले एमसीसी नेपालको हितमा नरहेको जिकिर गरे ।उनले आजको शासकहरुले देशको राष्ट्रियता, अखण्डतामाथि सौदावाजी गरेको आरोप लगाए ।

उनले अमेरिकालाई नेपाललाई उपयोग नगरेसम्म चीनलाई घेराबन्दी गर्न सकिँदैन भन्ने परेको टिप्पणी गरे । उनले नेपाली कांग्रेसले नेपालका कलकारखाना, उद्योग सबै बेचेको पनि आरोप लगाए । उनले आज देश बर्बाद भएको पनि टिप्पणी गरे ।

उनले मुलुक अहिले पूरै परनिर्भर भैसकेको पनि आरोप लगाए । अहिले गुन्द्रुक र जनैसमेत बाहिरबाट ल्याउनु पर्ने अवस्था आउँदा अब देश कसरी बन्छ? भन्दै प्रश्न गरे । उनले अहिले ७ महिनादेखि संसद् चल्न नसकेको र न्यायापालिका ध्वस्त भएको पनि गुनासो पोखे । Photo By: Mukunda Kalikote/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्