Logo

थप एक सय २६ जनामा कोरोना संक्रमण



काठमाडौं, १९ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा एक सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ३३ जनाको नमूना परीक्षण गर्दा थप १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ४२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot