Logo

आज थपिए १२६ कोरोना संक्रमित, १ जनाको निधन



काठमाडौं, २० फागुन । पछिल्लो २४ घण्टामा थप १ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८ हजार ९ सय ३३ जनामा गरिएको परीक्षणमा १ सय २६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ८५ जना संक्रमणमुक्त हुँदा १ जनाको कोरोनाकै कारण ज्यान गएको छ । देशभर कोरोनाका ७ हजार २ सय ४२ सक्रिय संक्रमित हुँदा ३७ हजार १ सय ९२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस्