काठमाडौं, फागुन २१ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशन आजदेखि काठमाडौमा सुरु हुने भएको छ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बिहान महाधिवेशनको उद्घाटन गर्दै छन्। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। नेतृत्वमा आउन युनियनका वर्तमान अध्यक्ष गोपालप्रासद पोखरेल र वरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारीले प्यानल बनाएका छन् ।




प्रतिक्रिया