Logo

माओवादीले महासचिवसहित पदाधिकारी चयन गर्ला ?



काठमाडौं, २२ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिले महासचिवसहित पदाधिकारी चयन गर्ने अपेक्षा गरिएको छ । माओवादीको जारी बैठकले लामो समययता नियुक्ति हुन नसेकको पदाधिकारी चयन गर्ने चर्चा छ ।

केन्द्रीय कार्यसमितिले यसअघि नै अध्यक्षमा प्रचण्डलाई चयन गरिसकेको छ । तर, महासचिवमा धेरै आकांक्षी भएपछि कुरा मिल्न सकेको छैन ।
महासचिवमा पम्फा भुसाल, देव गुरुङ, जर्नादन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत मुख्य दाबेदार देखिएका छन् । अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदन भएपछि अप्ठ्यारोमा परेका छन् । यही मुद्दालाई लिएर विरोधहरु उठेको छ ।

प्रचण्डलाई विरोध मथ्थर बनाउन पनि विरोधीलाई व्यवस्थापन गर्नुपर्ने चुनौती छ । पदाधिकारीमा नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतका नेताहरुले बार्गेनिङ बढाएका छन् । अर्कोतर्फ, आफू निकटस्थलाई संरक्षण गर्न पनि प्रचण्डका लागि वाध्यकारी अवस्था छ ।

माओवादी महाधिवेशन सकिएको एक महिनाभन्दा बढी हुँदा पनि अध्यक्षबाहेक पदाधिकारी चयन नभएपछि असन्तुष्टि बढेको छ । प्रचण्ड भने यी पदहरु देखाएर नेताहरुलाई थमथमाउन लागिरहेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot