Logo

रुसको प्रभाव कुन कुन देशमा ?



एजेन्सी, २२ फागुन । रुसले युक्रेनमाथि हमला गरेपछि उसको विश्वका कतिपय देशमा बढेको प्रभाव उजागर भएको छ । दुई दशकसम्म अमेरिकासहित पश्चिमा देशहरुको खुलेआम सक्रियता र प्रभाव विश्वभर देखिइरहँदा रुस भने भित्र भित्र आफ्नो उद्देश्यमा लागिरह्यो ।
शितयुद्धबाट कमजोर बनेको र विभाजनपछि बनेको रुसले शक्ति सञ्चय गरिरह्यो । आफ्नो प्रभाव क्षेत्रको बचाऊ गर्यो ।

२०२२ मा आएर रुस आक्रामक तरिकाले प्रस्तुत भयो । कोरोना भाइरसले अमेरिका र यूरोपका कतिपय देशलाई ठूलो आर्थिक चुनौती बनेको थियो । रुसले भने आफ्नो शक्ति बढाइरहेको देखियो । उसले युक्रेनमाथि योजनावद्ध तरिकाले आक्रमण गरेको छ ।

युक्रेनमाथि आक्रमण गरेपनि विश्वका बढी जनसंख्या भएका र शक्तिशाली कतिपय देशहरु तटस्थ बसे । उनीहरुले रुसको विरोध गरेनन् । रुसको विरोध गर्नेमा अमेरिका, यूरोपेली युनियन र उनीहरुसँग नजिक देशहरु छन् । रुसको पक्षमा बेलारुस, सिरिया, भेनेजुएला र निकारागुवा खुलेरै प्रस्तुत भए ।

रुससँग चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, अर्जेन्टिना, पाकिस्तान जस्ता देशहरु नजिकिएको देखियो । चीनसँग रुसको विशेष सम्बन्ध छ । भारतको पनि रुससँग परम्परागत सम्बन्ध छ । अमेरिकासँग लामो समय निकट रहेको पाकिस्तान पनि रुससँग नजिक देखियो ।

क्युबा र इरानमा रुसको बलियो प्रभाव छ । दुवै देशसँग उसको सैन्य र प्राविधिक सम्बन्ध पनि बनेको छ ।

अफ्रिकाका युगान्डा, मोजाम्बिक जस्ता देशहरुमा रुसका प्रभाव छ । सोभियत संघको पालामा अफ्रिकामा पकड निकै बलियो थियो । पछि घट्दै गयो । रुसले प्रभावलाई फेरि बढाउन खोजिरहेको छ ।

मध्यपूर्वमा इरान र साउदी अरेबिया दुवैसँग रुसका राम्रो सम्बन्ध छ । इरानमा रुसको प्रभाव बढी छ । पछिल्लो समय साउदी अरबसँग पनि रुस नजिकिएको छ ।

पूर्व सोभियत संघका राज्यहरु काजिकिस्तान, उज्वेकस्तान, ताजिकिस्तान, तुर्केमिनिस्तानलगायतका राज्यहरुमा रुसको बलियो प्रभाव छ । अफगानिस्तानमा पनि रुसले प्रभाव बनाएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot