Logo

प्रकाशचन्द्र लोहनीको ४ करोड बैंकमा रहेको खुलासा भएपछि…



काठमाडौं, २२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीको बैंक खातासम्बन्धी गोप्य पत्र खुलासा भएको छ । ४ करोड रुपैयाँ मुद्दतीमा रकम जम्मा गरेको खाताबारे खुलासा भएको हो ।

लोहनीले झुक्किएर फेसबुक पेजमा उक्त पत्र पोष्ट गर्न पुगेका हुन् । उनले बैंकमा जम्मा गरिएको रकमसम्बन्धी पत्रको फोटो खिचेर राखेको र झुक्किएर पोष्ट गरेको बुझिएको छ ।

ग्लोबल बैंकमा लोहनी वार्षिक १२.०३ प्रतिशतले मुद्दतीमा रकम जम्मा गरेको देखिन्छ । सुन्धारा शाखामा रकम जम्मा गरेको पत्रमा उल्लेख छ । उक्त पत्र उनले केही मिनेटमै डिलिट गरेका थिए ।

बैंकले दिने ब्याजको प्रतिशतलाई आधार मान्ने हो भने लोहनीले ग्लोबल बैंकबाट मात्र वार्षिक ४८ लाख ब्याज प्राप्त गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्