Logo

माओवादीले पदाधिकारी चयन अब निर्वाचनपछि मात्रै गर्ने, आज केन्द्रीय कमिटीलाई पूर्णता दिने



काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन नगर्ने भएाको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई महासचिव कसलाई बनाउने भन्ने सकस परेपछि तत्काल पदाधिकारी चयन गर्ने सम्भावना नरहेको एक नेताले जनाए ।

शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने र नेताहरुको कार्यविभाजन गर्ने बुझिएको छ । शनिबार र आइतबार पदाधिकारी चयनको लागि अध्यक्ष प्रचण्डले गृहकार्य गर्ने भन्दै बैठक स्थगित् गरेका थिए ।

तर, महासचिव चयन गर्न पेचिलो बनेपछि दाहालले अब पदाधिकारी चयन स्थानीय तहको निर्वाचनपछि मात्रै गर्ने तयारी गरेका छन् । महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले दाबेदारी गरेका छन् । शर्मा र पुनको अलावा पम्फा भुषाल र देवप्रसाद गुरुङले पनि महासचिवमा दाबी प्रस्तुत गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot