Logo

चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्छः चिनीयाँ विदेशमन्त्री



बेइजिङ, २३ फागुन । चिनीयाँ विदेशमन्त्री वाङ यीले चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

विदेशमन्त्री वाङ यीले चीन र रुसले रणनीतिक समन्वयात्मक जोडलाई कायम राख्ने र नयाँ युगका लागि चीन र रुसबीचको बृहत्तर रणनीतिक समाझेदारीको समन्वयलाई प्रगाढ बनाउने बताएका हुन् ।

‘चीन र रुसले रणनीतिक समन्वयात्मक जोडलाई कायम राख्ने र नयाँ युगको लागि चीन र रुसबीचको बृहत्तर रणनीतिक साझेदारीको समन्वयलाई प्रगाढ बनाउँछ,’राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सोमबार बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot