Logo

प्रचण्डले छोरी गंगा र ज्वाँई जीवन आचार्यलाई केन्द्रीय सदस्य बनाए



काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) बसेको केन्द्रीय कमिटी बैठकमा कान्छी छोरी गंगा र उनका श्रीमान जीवन आचार्यलाई केन्द्रीय सदस्य घोषणा गरेका हुन् ।

आचार्य प्रदेश १ को खसआर्य पुरुष युवाबाट र गंगा वागमती प्रदेशबाट खसआर्य महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।

पछिल्लो समय गंगा प्रचण्डको सचिवालयमा रहेर काम गरिरहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot