आज झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने बढेन


काठमाडौं, २३ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से १ दशमलव ५४ अंकले बढेर २५४४ दशमलव ९३ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव १४ अंकले बढेर ४९२ दशमलव २६ विन्दुमा पुगेको हो ।

आज २३० कम्पनीको २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०३ रुपैयाँ बराबरको ५३ लाख १५ हजार २९२ कित्ता शेयर खरिद विक्रि .भएको नेप्सेले जनाएको छ ।